विप्लवका उम्मेदवारलाई मनोनयन दर्ता फिर्ता लिन निर्देशन

हेटौंडा खबर
April 26th, 2022

आगामी बैशाख ३० गते हुने स्थानीय चुनावका लागि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केही स्थानमा उम्मेदवारी दिएको छ । पार्टीका नेता तथा कार्यकर्ताहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दता गराएका हुन् ।

पार्टीका नेताहरुले निर्वाचन आयोगमा दर्ता नभएपनि रोल्पामा १० पालिकामध्ये ९ वटामा सबै पदाधिकारीका लागि र वडाध्यक्षमा पनि उम्मेदवारी दर्ता गराएका हुन् ।

चुनावको विपक्षमा रहेको पार्टीको एक पक्षले भने उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । सचिवालय सदस्य कञ्चनले एक विज्ञप्ती जारी गर्दै एमसीसी विरोधीलाई समर्थन गर्ने र पार्टीका सदस्यहरु स्वतन्त्ररुपमा उठ्ने पार्टीको नीति भएको उल्लेख गर्दै नेतृत्व तहबाटै भएकोले उम्मेदवारी दिनु गलत ठहर गर्दै मनोनयन दर्ता फिर्ता लिन निर्देशन दिएको हो ।

पार्टीको आठौ केन्द्रीय समितिको १२औं बैठकको निर्णय अनुुसार पार्टी दर्ता नगर्ने र चुनावमा भाग नलिने, देशभक्त, जनवादी, एमसीसीविरोधी उम्मेदवारलाई समर्थन गर्न नसकिने नीति पारित भएको पनि स्मरण गराएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*