भीम रावलले उठाए एमसिसी राजपत्रमा छापिएको विषय

हेटौंडा खबर
May 2nd, 2022

नेकपा एमालेका नेता भीम रावलले एमसिसी सम्झौता राजपत्रमा प्रकाशित भएकोबारे प्रश्न उठाएका छन्।

अरू देशसँग गरिएका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् कि छैनन् भन्ने प्रश्न पनि उनको छ।

‘एमसीसीसंगको सम्झौता नेपाल राजपत्रमा छापिएछ। के अरु देशसँगका विकास आयोजना सम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन्? छैन,’ रावलको प्रश्न छ।

उनले अनुमोदनबारे पठाइएको पत्र सार्वजनिक गर्न पनि माग गरेका छन्।

‘यहीबाटै नेपालको मामिला, कानून र अधिकारमा हस्तक्षेपको खेल सुरु हुन्छ। अब अरु राष्ट्रघाती प्रावधान कसरी लागु हुन्छन् हेरौं। अनुमोदनबारे पठाएको पत्र सार्वजनिक होस्,’ रावलले आज ट्वीट गर्दै भनेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*