चुनाव जिते गाडी चड्दिन, मनहरीका लागि एम्बुलेन्स बनाउछु : रन्जन कालाखेती

हेटौंडा खबर
May 6th, 2022

मनहरी गाउँपालिकामा सत्ता गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका रन्जन कालाखेतीले निर्वाचनमा आफु बिजयी भए आफुलाई प्राप्त गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने बताएका छन् । आज सन्चारकर्मी सङको भेटमा कालाखेतीले मनहरी गाउँपालिकामा निकै विकट ठाउँहरु भएको र गाउँका नागरिक स्वास्थ्य र शिक्षाबाट बन्चित भैरहेको अवस्थामा आफुले गाडी चडेर हिंड्न नैतिकताले नदिने बताए । उनले आफुले पाउने तलव भत्ता पनि गाउँपालिका भित्र रहेका गरिव जनताको स्वास्थ्य र शिक्षामा खर्च गर्ने बताएका छन् । उनले मनहरीका किसानका लागि बृहत योजनाको साथ काम गर्ने बताए ।
“मैले जिते भने यहाका किसानका लागि रासायनिक मलदेखि उन्नत बिउबिजनको ब्यवस्था र तरकारीको उचित मुल्य प्राप्त गर्नको लागि कोल्डस्टोरको स्थापना गरि किसानलाई राहत हुने काम गर्छु”, उनले भने ।
उनले आफुले जिते यहाँका गरिव र बिपन्न वर्गका नागरिकलाई मनहरी मै उपचार गर्ने ब्यवस्था मिलाउने बताए । मनहरीमा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रविच गठबन्धन छ । गाउँपालिकामा अध्यक्षका लागि नेपाली काङ्ग्रेस र उपाध्यक्षमा नेकपा माओवादीबाट उम्मेदवार छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*