नेप्सेमा लाइफ इन्स्योरेन्स कर्पोरेशनको ४४ लाख २२ हजार कित्ता बोनश शेयर सूचिकृत
हेटौंडा खबर
April 27th, 2022
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ४४ लाख २२ हजार कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
कम्पनीको गत फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।


