हेटौंडामा दुर्घटना, २ मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु
हेटौंडा–५पिप्ले राधाकृष्ण मन्दिर नजिक दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो कान्तिलोक पथअन्तर्गत् पर्ने सडकखण्डमा सानोपोखराबाट क्याम्पाडाँडातर्फ जाँदै गरेको ना.५१ प ७३५९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको वाग्मती...
बागमतीका मुख्यमन्त्री पान्डेविरुद्ध हस्ताक्षर संकलन
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पान्डेविरुद्ध हस्ताक्षर सन्कलन सुरु गरिएको छ । प्रदेश सभाबाट बजेट पास भए लगत्तै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर संकलन सुरु गरिएको हो । पान्डे मुख्यमन्त्री बन्ने...
सिद्धार्थ शिशु सदनका विद्यार्थीले गरे ‘धान रोपाइँ’
हेटौंडा-५ स्थित सिद्धार्थ शिशु सदन बिद्यालयमा अध्यनरत विद्यार्थीहरु धान रोपाइँ कार्यक्रममा सहभागी भएका छन् । विद्यालयका कक्षा १० का वातावरण विज्ञान विषयका विद्यार्थीले बुधबार धान दिवसको अवसरमा धान रोपेका हुन् । विद्यालय पोशाकमै खेतमा पुगेका उनीहरुले उत्साहित हुँदै धान...
हेटौंडा-सिस्नेरी सडकखण्डमा पहिरो, सडक अवरुद्ध
वर्षासँगै आएको पहिरोका कारण हेटौंडाबाट सङ्घीय राजधानी जोड्ने सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित गए राति आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी...
हेटौंडामा अनलाइन जुवा खेल्ने अड्डा, ११ जना पक्राउ
मकवानपुर प्रहरीले हेटौंडामा अनलाइन जुवा खेल्ने ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका–४, कमलडाँडा डेरी गरी बस्ने कुलदिप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको हो । प्रहरीले हेटौंडामा कम्पनि नै खोलेर अनलाइन जुवा...
नारायणी मलमा ‘भुटनदेवी सुपर मार्केट’ सञ्चालनमा आउदै
हेटौंडा- ४ मा रहेको नारायणी मलमा भुटनदेवी सुपर मार्केट सञ्चालन हुने भएको छ । मलको ग्राउण्ड फ्लोरमा सञ्चालन हुने सुपर मार्केट असार १५ गते ग्राण्ड ओपनिङको तयारीमा रहेको सञ्चालक नवराज आचार्यले बताए । उद्घाटनको दिन सामान खरिदमा १० प्रतिशत...
हेटौंडा उपमहानगरपालिकाले ल्यायो २ अर्ब ७१ करोडको बजेट, के के परे प्राथमिकतामा
हेटौंडा उपमहानगरपालिकाले ल्यायो २ अर्ब ७१ करोड ७९ लाख को बजेट। हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८ सय २० रुपैँयाको बजेट प्रस्तुत गरेको छ । आइतबार भएको नगरसभामा हेटौँडा...
हेटौंडामा सुविधा सम्पन्न ‘प्रसुती अस्पताल’ निर्माण गरिने
हेटौंडामा प्रसुती अस्पताल निर्माण गरिने भएको छ । आइतबार भएको नगरसभामा हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानीयाँले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै संघीय र प्रदेश सरकारसँगको समन्वय र सहयोगमा उपमहानगरपालिका क्षेत्रभित्र सम्भाव्यता अध्ययनको आधारमा...
हेटौंडामा साईकल र ठेलामा व्यवसाय गर्नेले पनि कर तिर्नुपर्ने
हेटौंडामा साईकल र ठेलामा व्यवसाय गर्नेले कर तिर्नुपर्ने भएको छ । आइतबार भएको नगरसभामा हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानीयाँले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै कृषि उपज व्यवसाय वाहेक फुटपाथ, साईकल, ठेला तथा घुम्ती व्यवसायहरुलाई...
हेटौंडाको कर्रा खोलामा झोलुंगे पुल निर्माण गरिने
हेटौंडाको कर्रा खोलामा झोलुंगे पुल निर्माण गरिने भएको छ । आइतबार भएको नगरसभामा हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानीयाँले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै हेटौडा ९ र १० मा कर्रा नदीको तल्लो भागमा नदीको...











